२४ घण्टा नबित्दै कोरोनाबाट पोखरामा २ जनाको मृत्यु

Top Post समाचार

२ भाद्र, पोखरा। पोखरामा २४ घण्टा नबित्दै कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र अर्का महिला हुन् । दुई दिनदेखि उपचारररत पोखरा वडा १६ का ८७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

कोभिड–१९ पुष्टि भएका मधुमेह, मिर्गौलाका समेत रोगी ती पुरुष गत अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएकोमा उपचारक्रममा मंगलबार बिहान १०ः ४० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जनाए ।

यसअघि, पोखरामा गएराति सेवा अस्पतालमा उपचारक्रममा मृत्यु भएकी तनहुँको व्यास १ की ५० वर्षीया महिलाको मंगलबार कोरोना पुष्टि भएको थियो । मृतक दुवैको शव अन्त्येष्टिको तयारी भैरहेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सहित ७ पुगेको छ । यसअघि पोखरा १९ का एक युवकको मृृत्यु भएको थियो । पोखरामा भने मृत्यु संख्या २ छ ।