एल आई सी नेपाल पोखरा शाखा द्वारा २४ घण्टा भित्रको मृत्युदावी भुक्तानी

समाचार

काठमाडौँ। एल आई सी नेपालले विमा गरेको २४ घण्टा भित्रको मृत्युदावी भुक्तानी प्रदान गरेको छ । कम्पनीले दुर्घटनामा परि ज्यान गुमाएका कास्कीको अन्नपुर्ण गाउपालिका वाड नं ३ स्थायी ठेगाना भएका माधव पौडेलको परिवारलाई दुर्घटना सहितको रु १०लाख २६ हजार पाँच सय रुपियाँ प्रदान गरेको हो ।

एल आइ सी नेपाल पोखरा शाखाको ईतिहासमा पहिलो पटक विमा गरेको २४ घण्टा भित्र दुर्घटनामा ज्यान गुमाएको परिवारलाई दुर्घटना लाभ सहितको मृत्युदावी भुत्तानी गरेको शाखा प्रमुख सन्जिव खनालले वताएका छन् ।

स्वर्गीय पौडेलले गत असोज १२ गते अभिकर्ता आसिक शर्मा मार्फत रु पाँच लाखको विमा गराएका थिए भने उनको असोज १३ गते पर्वतको कुस्मा नगरपालिका वडा नं ७÷८ सिमानामा रहेको तमादिखोलामा एक्कासी आएको वाडीले वगाएर मुत्यु भएपछि कम्पनीले दुर्घटना सहितको मृत्युदावी भुत्तानी गरेको हो ।

दुर्घटनामा परि ज्यान गुमाएका माधव पौडेलका वुवा रघुनाथ पौडेललाई एल आई सी नेपाल गण्डकी प्रदेशका प्रमुख हेमराज जोशी,पोखरा शाखाका प्रमुख सन्जिव खनाल,एजेन्सी म्यानेजर विष्णु तिमिल्सीना र अभिकर्ता आसिक शर्माले सयुत्त रुपमा उक्त रकम वरावरको चेक हस्तान्त्रण गरेका हुन् ।