क्वारेन्टिनको व्यवस्थापन र लकडाउनको मोडालिटी परिवर्तन गर्न सांसदको माग

Top Post समाचार

१८ जेठ, काठमाडौं । सांसदहरुले स्थानीय तहमा स्थापना भएका क्वारेन्टिनको व्यवस्थापनका लागि संघीय सरकारले आर्थिक सहायता गर्नुपर्ने बताएका छन्।

स्थानीय तहमा निर्माण भएका क्वारेन्टिनहरु व्यवस्थित नहुँदा आत्महत्याका घटनाहरु बढिरहेको उल्लेख गर्दै सांसदहरुले थप बजेटको व्यवस्था गर्न माग गरेका हुन्।

प्रतिनिधिसभाको आइतबारको शून्य समयमा बाेल्दै सांसद लालबाबु पण्डितले कोरोनाबाट ज्यान गुमाउने भन्दा दशौं गुणा बढी आत्महत्या गर्नेको संख्या रहेको प्रति सरकारको ध्यानाकर्षण गराए। स्थानीय तहमा भएका क्वारेन्टिनको व्यवस्थापनका लागि संघीय सरकारले थप आर्थिक सहयोग गर्नुपर्ने उनको भनाइ छ।

सांसद शशी श्रेष्ठले लकडाउनका कारण जनजीवन कष्टकर बनेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्। कोरोना संक्रमणको जोखिमलाई विश्लेषण गरी लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने उनको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *