काठमाडौँ उपत्यकामा यी सवारीलाई लाग्दैन जोर–बिजोर (सूचीसहित)

Headlines समाचार

७ माघ, काठमाडौं। कोरोना जोखिम बढ्दै गएको भन्दै काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरेर जोरबिजोर प्रणाली लागू गरिएको छ। यो प्रणालीअनुसार सार्वजनिक तथा निजी सवारीसाधन (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गतेका दिन बिजोर नम्बरका सवारीसाधनहरू सञ्चालन गर्नुपर्ने छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज पुनः अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्रहरुबारे स्पष्ट पारेको छ। औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववहान, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागु हुने छैन।

यस्तै खाद्यन्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंछीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक बसेर सञ्चालन गर्न पाउनेछन्। परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउनेछन्।

परिचयपत्रको आधारमा बैंक विमा, वित्तिय संस्था, वायूसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागु हुनेछैन। सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनमा जोरबिजोर लागु हुने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *