सुनको मुल्य ह्वात्तै घट्यो

अर्थ समाचार

७ साउन, काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ भने चाँदीको मुल्यबढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।