चितवनमा एक जना युवाको शव भेटियो

समाचार

७ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिम डाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् ।

प्रहरी चौकी चनौलीको एरियामा युवकको शव फेला परेको प्रदेश ३ प्रहरी कार्यालयका डिआइजी प्रकाशजंग कार्कीले बताए ।

नहरमा फेला परेको शवबाट रगत बगेको छ । घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको डिआइजी कार्कीले बताएका छन् ।