उपत्यकामा थप ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार स्वास्थ्य

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा सर्वाधिक ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन् ।
यस्तै उपत्यकासहित देशभर भने १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *