Nepal army logo

सेनाको ब्यारेकमा फैलियो कोरोना

समाचार

१४ भाद्र, काठमाडौँ। कोरोना संक्रमणको मुख्य व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली सेनाको २ वटा ब्यारेकमा कोरोना संक्रमण फैलिएको छ । नेपाली सेनाको लमजुङमा रहेको कृषि तथा पशुपालन व्यावसायिक स्वावलम्वन तालिम केन्द्रभित्र कोरोना संक्रमण फैलिएको छ । त्यहाँ कसरी कोरोना संक्रमण फैलियो भनेर खोजी गरिरहेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

त्यसै गरी बाँकेको कौशिलानगरमा रहेको मध्यपश्चिम पृतना तालिम केन्द्रमा पनि कोरोना संक्रमण फैलिएर ५१ जना सैनिक संक्रमित भएका छन् । सो तालिम केन्द्रमा बढुवाका लागि सञ्चालित तालिममा सहभागीमध्येबाट कोरोना संक्रमण फैलिएपछि अहिले तालिम स्थगित गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्युठानबाट तालिममा सहभागी हुन आएका एक सैन्यबाट उक्त कोरोना संक्तमण फैलिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । अहिले दुवै ब्यारेकमा आइसोलेसन बनाएर उनीहरुको निगरानी नेपाली सेनाका चिकित्सकहरुले गरिरहेका छन् । अहिलेसम्म नेपाली सेनाका ४ सय ४८ जना संक्रमित भएका छन् ।

संक्रतिममध्ये १ सय १८ जना निको भएर ब्यारेक फर्किएका छन् भने ३ सय ३१ जनाको विभिन्न क्षेत्रमा रहेको आइसोलेसन सेन्टरमा बसेर चिकित्सकको निगरानीमा उपचारत रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

त्यस्तै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकदेखि जवानसम्म गरेर ७ सय ७३ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएर काममा फर्किएको र १ सय २५ जना भने बिभिन्न आइसोलेसन सेन्टरमा उपचारका क्रममा रहेको प्रहरी प्रवक्ता कठायतले जानकारी दिनुभयो ।

यता सशस्त्र प्रहरी बलका ५ सय १५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २ सय १७ जना संक्रमणमुक्त भएर पूर्ववत् काममा फर्किएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए। २ सय ९८ जनाको भने विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको मध्य चरणमा नेपाल पुगेको छ । राजधानी काठमाडौंमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ भने प्रदेश नम्वर २ को आर्थिक राजधानी वीरगन्जमा भने कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरेको छ ।

प्रदेश नम्बर २ मा अहिले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ भने मृत्युको संख्या पनि अन्य प्रदेशको तुलनामा एक तिहाइ प्रदेश नम्वर २ मा नै रहेको छ । यो प्रदेशमा कोरोना संक्रमण परीक्षण गरेकामध्ये ६० प्रतिशतको नतिजा पोजेटिभ देखिएको छ ।

अहिले सरकारले प्रदेश नम्बर २ बढी प्रभावित भएपछि जनकपुर, वीरगन्ज र रौतहटमा विशेषज्ञ चिकित्सको टोली परिचालन गरेको छ भने समुदायमा फैलिएको संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासन र स्थानीय सरकारले एकआपासमा भेटघाट र भेला जम्मा हुन समेत प्रतिबन्ध लगाएको छ । source: nepalface

Leave a Reply

Your email address will not be published. Required fields are marked *