मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न ओली मध्यराति शितल निवासमा

Headlines राजनीति समाचार

२६ जेठ, काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छ्न । केहीबेर अगाडिदेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भइरहेको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले आगामी शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सोही विषयमा छलफल गर्न ओली तीन दिनदेखि निरन्तर शीतल निवास धाइरहेको स्रोतले इकागजलाई जानकारी दियो ।

स्रोतले राष्ट्रपति र प्रधानमन्त्रीबीच गृहमन्त्री बनाउने पात्रका विषयमा कुरा बाझिएको बतायो । ओलीले एमालेका युवा नेता महेश बस्नेतलाई गृहमन्त्री बनाउन चाहेका छन् भने राष्ट्रपति भण्डारीले बस्नेतलाई गृहमन्त्रीका रुपमा शपथ गराउन इन्कार गर्दै आएको स्रोतको दाबी छ ।