गाउँ बस्तीमा कोरोना फैलिएपछि परिक्षणको दायरा बढाउदै शहिद लखनका स्थानीय तहहरु

पालिका बिशेष समाचार

१३ जेठ, गोरखा। गोरखाको शहिद लखन गाउँ पालिका वार्ड नम्बर ७ मा कोरोना परिक्षण लाइ तिब्रता दिइएको छ। कोरोनाको बिरामी बढे संगै पिसिआर र एण्टिजेन विधिबाट गरिने परिक्षण लाइ फराकिलो बनाउदै लागेको छ।

आज मात्रै वडा ७ स्थित स्वास्थ्य चौकीमा पिसिआर बिधि बाट ३६ जना र एण्टिजेन विधिबाट ४ जनाको स्वाब संकलन गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। एण्टिजेन विधिबाट ४ जनाको स्वाब संकलन गरिएको मध्य २ जनाको रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताए।

गत हप्ता मात्रै सोहि वार्डमा ४० जनाको परिक्षण गरिएकोमा ३२ जनामा कोरोना संक्रमण देखिएको थियो। कोरोनाको रिपोर्ट आउन ढिलाई हुदा कन्ट्रयाक्ट ट्रेसिंगमा समस्या भएको थियो।

श्रेष्ठका अनुसार, गाउँमा संक्रमित बढ्दै गएपछि स्थानिय युवाहरुकै पहलमा १० बेडको आइसोलेसन सेन्टर पनि बनाएका छौं। आपतकालीन कोषका संयोजक प्रेम श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर बनिसकेपछि स्थानियहरुले राहत महसुस गरेका छन् र अझै ब्यबस्थित बनाउदै लैजाने योजना भएको बताए।