वायु प्रदुषणले काठमाडौँ अस्तव्यस्त: जहाजहरु आकाशमै होल्ड, घरबाहिर ननिस्कन आग्रह

Headlines समाचार स्वास्थ्य

२१ पुष, काठमाडौं । काठमाडौँ उपत्यकामा अत्याधिक वायुप्रदुषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित हुन पुगको छ । वायु प्रदुषणका कारण भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द गर्नुपरेको त्रिभुवन विमानस्थलले जनाएको छ।

त्रिभुवन विमानस्थलका अनुसार मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गरिएको हो । सो समयमा विमानस्थलबाट टेकअफ (उड्ने) अराइभल (आगमन) हुने दुबै तर्फका विमानहरुलाई आकाशमै होल्ड गराइएको थियो । जुन समयमा मलेसियाबाट नेपाल आउँदै गरेका फ्लाइट मालिनोसहित आन्तरिक ४ गरी ५ वटा उडान प्रभावित हुन पुगेको विमानस्थलले जानकारी दिएको छ ।

काठमाडौंमा प्रदूषणको मात्रा यति धेरै बढेको छ कि यसले हामीमा क्यान्सरजस्तो घातक रोग गराउन सक्ने जानकारहरु बताउँछन् । यस्तो अबस्थामा अनाबस्यक बाहिर हिडडुल नगर्न पनि स्वास्थ्यविद हरुले सुझाब दिएका छन्। विशेषगरी वाल बच्चा र वृद्दहरुको ख्याल गर्न पनि आग्रह गरिएको छ।