नेकपा ओली पक्ष द्वारा भिम रावल माथि कारवाहि सिफारिस

Headlines समाचार

२२ पुस, काठमाडौं । नेकपा ओली पक्षको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ ।

प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्नुहुने भएकोमा उक्त कार्यक्रमलाई सफल पार्न योजनाबद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावललाई कारबाही गर्न सिफारिस समेत गरेको बताएको छ ।