वर्षौं बन्द पछि खुलेको गोरखा वुंकोटको एक स्कुललाइ लायन्स क्लव आंवुखैरेनिवाट सहयोग प्रदान

समाचार

२८ असोज, गोरखा । गोरखा बुंकोटको सामुदायिक बिद्यालयमा विद्यार्थी नभएपछि लामो समयदेखि बन्द थियो र स्थानीय जनप्रतिनिधिको पहलमा विद्यालय पुन संचालनमा आएको छ।

सोही वडाका वडाध्यक्ष शरण श्रेष्ठका अनुसार मकैपुर आधारभुत बिद्यालयको लागि स्वास्थ्य तथा शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । उनका अनुसार लायन्स कल्ब अफ आबुखैरेनी सिटी अध्यक्ष शिब खनालको नेतृत्वमा बिधार्थिहरुको लागी स्कुल ब्याग,कपि आदि सामाग्री सहयोग प्रदान गरेका छन्।

यसअघि पनि विभिन्न दाताहरूवाट स्वास्थ्य तथा शैक्षिक सामाग्री प्रदान गरिएकोे थियोे। नेपाल गोरखाका प्रमुख भेष बहादुर खड्काले गत हप्ता पनि सर्जिकल माक्स, सेनिटाईजर,साबुन सहयोग प्रदान भएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सुरेन हर्ट यातायात प्रालीका संचालक सुरेन्द्र कुँवरले पनि उक्त विद्यालयका लागि ५० दर्जन कापी, ८५ दर्जन पेन्सिल सहयोग गरेको बताए ।

वन्द भएको बिधालय पुनः संचालनमा आए सङ्गै धेरै व्यक्तिबाट सहयोग प्राप्त भएको छ”,वडा अध्यक्ष श्रेष्ठले भने -“कसैले बिद्यार्थीका लागि शैक्षिक सामाग्री , कसैले स्वास्थ सामाग्री सहयोग गर्नु भएको छ ।”

कोरोनाको महामारीको समयमा विद्यालय संचालनमा आएकाले कोरोना न्यूनीकरणका लागि स्वास्थ सामाग्री सहयोग आएकोले बिद्यार्थीलाई पठनपाठन गर्न सहज हुने उनले बताए ।