वुधवार २६३८ जनामा कोरोना भाइरस संक्रमण, उपत्यकामा १४०३ जनामा कोरोना

Headlines समाचार

२८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।