निजि प्रयोगशालाको कोरोना रिपोर्टलाई पनि मान्यता दिने विमा समितिको निर्णय

Headlines समाचार

२८ भाद्र, काठमाडौं । विमा समितिले निजी प्रयोगशालामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका बिमीतलाई समेत भुक्तानी दिने भएको छ। बीमा समितिले आइतबार कोरोना बीमा मापदण्ड, २०७७ तथा कोरोना बीमालेखमा संशोधन गर्दै यो निर्णय गरेको हो।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार बीमा रकम दाबी गर्न निजी र सरकारी प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नुपर्नेछ।

मापदण्डमा संशोधन भएको जानकारी दिँदै पौडेलले भने, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ परीक्षण गर्न सुचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड-१९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेश गर्नुपर्नेेछ।’