वानेश्वरको सडकमा अनौठो दृश्य: नेपाली सेनाको एभ्रो विमानलाई गुडाएर नारायणहिटि पुर्‍याईयो

Headlines समाचार

२७ भाद्र, काठमाडौं । नेपाली सेनाले प्रयोगमा ल्याएको एभ्रो नामक विमान लाई सडकमा गुडाएर साँझ काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट दरबारमार्गस्थित नाराायणहिटी संग्रहालयमा ल्याइएको छ ।

यो कुनै आपतकालिन अवतरण होइन, न कि कुनै प्रशिक्षण । यो त संग्रहालयमा राख्नका लागि ल्याइएको हो । पहिले राजाले प्रयोगगर्ने नेपाली सेनाको एभ्रो विमान अब नारायणहिटी संग्रहालयमा राखिनेछ ।

२०३१ सालमा खरिद गरिएको विमान अब संग्रहालयमा सर्वसाधारणले हेर्न पाउनेछन् । शनिबार राति नेपाली सेनाको गाडीले तानेर गुडाउँदै विमान ल्याएको हो ।