गुणस्तरहीन स्यानिटाईजरको बजारमा बिगबिगी: ५ कम्पनि माथि कारबाही

Top Post समाचार

२७ भाद्र, काठमाडौं ।  औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरेर वजारमा पठाएको भन्दै उपत्यकाका ५ उद्योगलाई कारबाही गरेको छ ।

मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेको पाइएपछि काठमाडौंका ४ र भक्तपुरका १ उद्योगलाई कारबाही गरिएको हो ।

ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिमाना र बन्द गर्ने तयारी गरिएको विभागले एक सूचना जारी गर्दै जनाएको छ ।

कारबाहीमा पर्ने उद्योगमा भक्तपुरको नेपाल कायाकल्प उद्योग, हाइजिङ सोप एन्ड केमिकल, आधार केमिकल एन्ड फुड इन्डस्ट्री, सर्च केम कम हर्बल प्रोडक्ट र सूर्यमुखी हर्बल प्रोडक्ट रहेका छन् ।