पाटन अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

Top Post समाचार

२७ भाद्र, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा थप दुई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएका संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरका ७२ वर्षीय एक पुरुषको शुक्रबार राति पौने १० बजे र काठमाडौंका ५१ वर्षीय एक संक्रमित पुरुषको शनिबार बिहान २ बजे मृत्यु भएको हो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरका ती पुरुष १७ भदौमा र काठमाडौंका पुरुषलाई १९ गते उपचारका लागि पाटन अस्प्ताल भर्ना भएका थिए ।