बिरामीको हरेक पिडामा मल्हम बन्दै गोरखाका संगम बावु

Top Post समाचार स्वास्थ्य

१५ भाद्र, गोरखा । पैसा कमाएपछि अर्थात् शिक्षा हाँसिल गरेपछि धेरैको चाहना हुन्छ विदेश जाने वा आराम संग जीवन बिताउने तर गोरखाका एक युवा आफ्नै ठाउँमा बसेर बिरामीहरुको सेवा गर्न तल्लिन छन्। गोरखामा औषधी को ब्यापारमा चिरपरिचित नाम हो संगम बाबु श्रेष्ठ। गोर्खा जिल्ला र छिमेकी जिल्लामा बिरामीहरु लाइ दुख पर्दा घामपानी नभनी दौडीन्छन श्रेष्ठ। उनि एच ए अर्थात् हेल्थ असिस्टेन्ट पनि हुन् साथै नेपाल औषधि ब्यबसायी संघ गोरखाको कार्यबाहक अध्यक्षमा रहेर पनि काम गर्दै आउनु भएको छ।

कोरोना कहरले धेरै बिरामीहरु उपचार नपाइ अकालमै ज्यान गुमाउन बाध्य छन्। दुर्गम मा बस्ने वा सुगममै बस्नेहरु पनि यातायात को अभाब ले दुख सहेर घरमै बस्न बाध्य छन्। हरेक बिरामीहरु अहिले संगम बाबु लाइ सम्झिने गर्छन र फोन गर्छन्। उनलाई सम्झिने कारणहरु धेरै छन्, गोरखा नारेश्वर निवासी सन्तोष अर्याल का अनुसार “निकै दयालु र सहयोगी स्वभाब का संगम बाबु बिना सर्त सहयोग गर्न आफैँ गाडी लिएर बिरामीको सेवा गर्न दिनरात नभनी कुदिहाल्छन।” उनलाई आर्थिक लाभ लिने वा अन्य कुनै आफ्नो फाइदा बिना नै बिरामीको उपचार गर्न घर घरमा पुग्छन। पैसाको अभाबमा नागरिकहरुले अकालमा ज्यान फाल्न नपरोस् भनेर दिनरात खट्ने गरेको अर्याल बताउँछन्।

संगम बाबु का अनुसार गोरखा जिल्लामा धेरै को संख्यामा दीर्घरोगीहरु छन् र जसले नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ। त्यस्ता बिरामीहरु कोरोनाको कारणले पिडित बनेका छन् र समयमा औषधी पाउन सकेका छैनन्। नियमित खाइरहनुपर्ने औषधीको अभाब नहोस् भनेर ५० किलोमिटर सम्म पुग्ने गरेको संगम बाबु बताउछन्। विभिन्न बिरामीको उपचार पनि घरमै गएर सेवा दिएको बताउछन श्रेष्ठ।

हरेक समयमा फोन बजिरहन्छ संगम बाबुको मोबाइलमा। फोनमा प्राय बिरामीहरुको नै समस्या लाइ समाधान गर्न खोजिरहेका हुन्छन। उनकाअनुसार अधिकांश दीर्घ रोगी वृद्धवृद्धाले नियमित सेवन गर्ने औषधि फोन गरेर मगाउँछन्। गोरखामा नपाइने औषधिहरु काठमाडौँ र पोखरा देखि मगाएर पनि दीर्घरोगी बुवाआमाहरु को सेवा गरेको क्षण सम्झिन्छन संगम बाबु।

महामारिको वेलामा औषधिको मूल्य भन्दा वढि पैसा नलिने उनले वताए। सेवा गर्न पाउनु नै ठूलो कुरा हो। आफ्नै खर्चमा गाडि लिएर ५५० रूपैयाँको औषधि लिएर ५० किलोमिटर टाढा मान्वु सम्म पुगेको श्रेष्ठ वताउंछन्। उनी भन्छन्, पारिवारिक पृष्ठभुमि पनि यहि क्षेत्रमा भएकोले काम गर्न सजिलो र सहयोग भएको छ।

कोरोना महामारी मात्रै होईन भुकम्पको वेलामा वा सामान्य वेलामा पनि औषधि वोकेर श्रेष्ठ कुदिरहेको देख्छन् गोरखावासिहरू। लकडाउनमा सवारीसाधन लिएर हिंडनको लागि जिल्ला प्रशासन वाट पास लिएका छन् संगम वावुले। उनी पिपिई लगाएरै सेवामा खटिरहेका हुन्छन् ।

हालसालै देखि उनले भिडियो कल वाट पनि विरामिहरूको उपचार गर्ने गरेका छन्। धेरैको हातहातमा मोवाईल छ, मेसेन्जरमा कल गरेर पनि सेवा दिएको वताउंछन् । उनले भने, आज मात्र भिडियो कल वाट ७ जना विरामिहरूको अवस्था हेरेर औषधी खान सुझाएं। त्यस्ता विरामीहरूलाई औषधीको थप आवश्यक परे म आंफै लिएर दौडिन्छु , उनले भने।