१५ भाद्र, काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।
दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यको सचिवालयका अनुसार पत्नीको पनि स्वाब संकलन गरिएकोमा उनको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।
शाक्य अहिले आईसोलेसनमा छन् ।