विहिवार मात्रै थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

Headlines समाचार

२९ साउन, काठमाडौं । बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १२७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा  संक्रमण देखिएको हो ।