संविधान संशोधन प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृत

Top Post समाचार

उज्वल खनाल ।

२७ जेठ, काठमाडौँ।  नेपालको भूमि अनुसारको नयाँ नक्सा सहितको निशान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृती भएको छ। विधेयकको स्वीकृतीसँगै सांसदहरुलाई संशोधन प्रस्ताव राख्न खुल्ला भएको छ।

विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सभामुख सापकोटाले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए ।

उक्त प्रस्ताव निर्णायथ पेस गर्नुअघि संसमा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन जनाएका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफल चार घण्टा चलेको थियो ।