कोरोना झन खतरनाक हुँदै गएको डब्लुएचओको चेतावनी

Top Post अन्तरास्ट्रिय

२७ जेठ, काठमाडौं । संसारभरको धेरै देशमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आइरहेका बेला विश्व स्वास्थ्य संगठनले यो संक्रमण थप खतरनाक हुँदै गएको चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेससले सो कुरा बताएका हुन् । उनले पत्रकारसँगको कुराकानीका क्रममा पछिल्ला १० दिनमध्ये ९ दिनमा दैनिक रुपमा १ लाखभन्दा बढी संक्रमित भेटिएको बताएका छन् ।

उनले यसमध्ये ७५ प्रतिशत संक्रमण १० देशमा मात्रै रहेको बताए । यसरी अत्यधिक संक्रमित भेटिएका १० देशमा अमेरिकी र एसियाली देश नै रहेका छन् ।

टेड्रोसले कतिपय देशमा सकारात्मक संकेत देखिएको समेत बताएका छन् । उनले अलग अलग अध्ययनअनुसार अहिले पनि वैश्विक स्तरमा अझै पनि ठूलो जनसंख्या कोरोना भाइरसका कारण अति संवेदनशील अवस्थामा रहेको बताएका छन् ।