२७ जेठ, काठमाडौं। प्रतिनिधिसभा संसदमा संविधान संशोधनबारे दर्ता भएको विधेयकमाथि छलफल सुरू भएको छ।
मंगलबारको बैठकमा लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्ने विधेयकमाथि छलफल भएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले विधेयकमाथि सामान्य छलफल प्रारम्भ भएको जानकारी गराएका छन्। विधेयकमाथि सैद्धान्तिक पक्षमा रहेर सांसदले बोल्न पाउनेछन्।