काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको छ।
आगामी फागुन १४ गते सबै क्याम्पसलाई स्ववियु निर्वाचनको तयारी गर्न जानकारी गराइसकेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्ववियु निर्वाचन गर्न निर्देशन दिएका थिए। प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन।