पृथ्वीनारायण शाहको शालिक निर्माण गर्न लागिएको भन्दै स्थानीयको विरोध

राजनीति समाचार

गोरखा । गोरखा बजारको ठूलोआँगनमा स्थापना गर्न लागिएको पृथ्वीनारायण शाहको शालिक निर्माण गर्न खनिएको खाल्डो स्थानीयले पुरिदिएका छन् । गोरखा नगरपालिका–६ को ठुलोआँगन क्षेत्रमा गोरखा नगरपालिकाले शाहको शालिक राख्न लागेको थियो ।

आँगनको बिच भागमा शालिक स्थापना गर्न सोमबारदेखी काम थाले पनि स्थानीयले आज खाल्डो पुरिदिएका हुन् । सडककोविच भागमा शालिक निर्माण गर्न लागेको भन्दै नारेश्वर र सतिपिपलका स्थानीयवासीले शालिक निर्माण स्थल भत्काइदिएका हुन् ।

पर्यटक भित्र्याउने भन्दै नगरपालिकाले करिब २२ लाख रुपैयाँ लागतमा ठूलोआँगनको बीच भागमा सालिक राख्न लागेको गोरखा नगरपालिकाले जनाएको छ ।