गोरखा। नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र बजगाईले एक सिकिस्त घाइते बिरामीको उद्दार गरेका छन् । बजगाईले गोरखाको हिमाली क्षेत्र सिर्दिबास बाट सिकिस्त घाइते बिरामीको हेलिकप्टरमार्फत उद्दार गरेका हुन् ।
गए राति युवाहरु बीच सामान्य भनाभन बाट सुरु भएको झगडाले उग्र रुप लिएपछि एकजना सख्त घाइते भएका थिए। सख्त घाइते हुनेमा चुमनुब्री गाउँपालिका वडा ३ का रस बहादुर गुरुङ्ग रहेका छन्। स्थानिय युवा बिरबल घले का अनुसार, झगडा गर्नेहरु सोहि ठाउका स्थानीय नै हुन् र घाइते गुरुङ्ग माथि धारिलो हतियार प्रयोग भएको थियो। उनको अवस्था चिन्ताजनक भएपछी हामीले नेपाली काँग्रेसका नेता राजेन्द्र बजगाईं संग सहयोग मागेका थियौं। उहाले नै हेलिकप्टर पठाइदिनु भएको हो, उनले भने।
नेता बजगाईंको पहलमा उद्दार गरिएको घाइतेलाइ अहिले काठमाडौँको शिक्षण अस्पतालमा भर्ना गरेर उपचार भैराखेको छ। पर्यटन ब्यवसायीसमेत रहेका उनले यसअघिसमेत उत्तरी गोरखामा विपत परेका बेला हेलिकप्टरमार्फत उद्दार र सहयोग गर्दै आएका छन् । बिपतमा परेको गोरखाली जनताका निम्ति उनले थुप्रै सहयोगहरु गर्दै आएका छन्।