गोरखामा मतदान शान्तिपूर्ण तर पहिलेको चुनावमा जस्तो उत्साह देखिएन

राजनीति समाचार

गोरखा। गोरखा जिल्लाको समग्र मतदान केन्द्रहरुमा मतदान शान्तिपूर्ण तबरले भइराखेको छ। गठबन्धन का उम्मेद्वारहरुले आफ्नो पक्षमा नतिजा आउनेमा ढुक्क प्राय छन् तर बिगतका चुनाबमा जस्तो मतदातामा उत्साह भने देखिएको छैन। मतदान गर्नेको संख्या पनि न्युन देखिएको छ। यद्यपि “धान पाक्ने मौसम भएकाले धेरै मानिसहरू व्यस्त हुँदा” त्यस्तो भएको हुनसक्ने निर्बाचन अधिकृतहरु बताउँछन्।

नेताहरूले पहिले आफूले अघि सारेका एजेन्डाहरू छाड्दै जाँदा जनतामा निराशा छाएकाले पनि उत्साह कम भएको हुनसक्ने एकजना मतदाता बताउछन। । तर अहिलेको पुस्ताले “कसले के प्लस र के माइनस गर्‍यो” भन्ने आधारमा नेतृत्व चयन गर्ने उनको मत छ।

गोरखाको सहिद लखन गाउँपालिका ७ को श्री चण्डिका आधारभूत बिद्यालय मतदान केन्द्रमा सहभागी एक जना मतदाता सन्जिब खनाल भन्छन्, विगतका निर्वाचनहरुमा सहभागी वा चासो राख्दै आएकोमा यसपटक जनतामा निकै कम उत्साह देखियो। वितृष्णा छ। सोझो गठजोड भन्दा फरक नतिजा आउने आकलन गरिएको छ। राजनीति सुधार्न वाध्य पार्ने नयाँ बिन्दुमा पुग्छौं कि?