गभर्नर अधिकारीमाथि छानबिन गरी कारबाही गर्न सांसदहरूको माग

Headlines राजनीति समाचार

काठमाडौं । राष्ट्र बैंक ऐन विपरीत राजनीतिक दलमा आबद्ध भएर देशको अर्थतन्त्र श्रीलंका बन्दैछ भन्ने गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गरेर कारबाही गर्न संसदमा माग गरिएको छ ।

सांसदहरूले एमालेको अर्थ विभागमा रहेका एम अधिकारी महाप्रसाद अधिकारी नै भएको उनीहरूले बताएका हुन् । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर माओवादी केन्द्रकी रेखा शर्माले एम अधिकारीको विषयमा छानबिन गर्न माग गरेकी हुन् । ‘गर्भनर कुनै राजनीतिक दलमा आबद्ध हुन नपाउने भनेको छ, तर एमालेको विभागमा रहेका व्यक्ति गभर्नर छन्,’ शर्माले भनिन्, ‘पार्टीको सदस्य रहेका गभर्नरमाथि गम्भीर छानबिन गरियोस् र दोषी पाइए कारबाही होस ।’

शून्य समयमा माओवादकीकै अञ्जना विशंखेले गभर्नर अधिकारी र एमालेको विभागमा रहेका व्यक्ति एम एउटै रहेको प्रमाण खोटाङका एमालेका नेताहरूले बताइरहेकोले उनीमाथि तत्काल छानबिन गर्नुपर्ने बताइन् ।

सांसद अमृता थापाले गभर्नर कुनै दलको सदस्य हुन नपाइने राष्ट्र बैंक ऐनविपरीत गभर्नर राजनीतिक दलको कमिटीमा बसेकोले उनीमाथि कानूनअनुसार कारबाहि गर्नुपर्ने बताइन् ।