गोरखा शहिद लखन ७ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

राजनीति समाचार

गोरखा ।गोरखा शहिद लखन गाउंपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेस वाट शरण श्रेष्ठको प्यानल नै विजय भएको छ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार त्यहाँ कांग्रेसका पाँचै जना प्रतिनिधहिरु विजयी भएका हुन् ।

उनले नेकपा माओवादीबाट उम्मेदवार बनेका भरतबहादुर आलेलाई हराउदै वडाध्यक्षमा चयन भएका हुन । श्रेष्ठले ९०३ मत ल्याउदा आलेको ६४२ मत आएको छ ।

वडाध्यक्षमा पुन निर्वाचित हुंदै श्रेष्ठले भने, यो वडावासिको चाहना हो र म फेरि सक्रियताका साथ सेवामा लाग्नेछु।