गोरखा । गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक तिमिल्सनाले अग्रता लिएका छन् । शनिबारबाट भएको मत गणनामा वडा १ र २ को मत परिणाम अनुसार उनले अग्रता लिएका हुन् ।
तिमिल्सनाले नेपाली कांग्रेसका उम्मेदवार होम वहादुर रानालाई ३०२ मतका साथ पछि पार्दै अग्रता लिएका हुन्।
माओवादीका उम्मेदवार तिमिल्सिनाले तिन वडाको मत परिणाम अनुसार १४०९ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार रानाले ११०७ मतका साथ पछ्याईरहेका छन् ।