पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ मा राप्रपाको प्यानल नै विजयी

राजनीति समाचार

काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा राप्रपाको पुरै प्यानल निर्वाचित भएको छ । अध्यक्षका उम्मेदवार उमेश कार्की ९ सय ७० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकतम प्रतिस्पर्धी काँग्रेसका गोपाल क्षेत्रीले ६ सय ५ मत पाएका छन् । पहिलेको निर्वाचनमा सो वडामा नेपाली कांग्रेसको प्यानल निर्वाचित भएको थियो ।