काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनालाई तीव्र पारिएको छ । गणनास्थल थप गरेर अहिले वडा नम्बर २ को पनि गणना गर्न थालिएको छ ।
यसअघि वडा नम्बर १ र ३२ को गणना हुँदै आएकोमा अहिले एकसाथ ३ वटा वडाको गणना भइरहेको हो ।
महानगरको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् ।
साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् । बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।