बाबुराम भट्टराईले आफूले मतदान गरेको तस्वीर समेत गरे सार्वजनिक

राजनीति समाचार

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले मतदान गरेको तस्वीरसमेत खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।

पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्नमा मतदान गरेको देखिन्छ भने उपमेयरमा कसलाई मत दिए भन्ने देखिँदैन । वडाअध्यक्ष र वडासदस्यमा पनि उनले जसपाको चुनाव चिह्नमा मतदान गरेका छन् । निर्वाचन आयोगले मतदान केन्द्रमा मोवाइल लैजान निषेध गरेको छ ।