नेपालमा संक्रमितको संख्या ह्वात्तै वढ्यो, पछिल्लो २४ घण्टामा ११६७ थपिए

Top Post समाचार स्वास्थ्य

२५ पुस, काठमाडौं । नेपालमा एकैदिन एक हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ११६७ जनामा कोरोना संक्रमण देखिएको हो। देशभरि ८८४८ पीसीआर परीक्षण गर्दा ८४१ र ३७८४ एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २२४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको मन्त्रालयले जनाएको छ।