२९ जेठ, पोखरा । गण्डकी प्रदेशमा भर्खरै संबिधानको धारा १६८ (५) अनुसार काँग्रेसका संसदलीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सिताकुमारी पौडेलले आजै आफ्नो निवासमा सपथ खुवाउने तयार गरिरहेका छन् ।
जसपाका सांसद हरिशरण आचार्यका अनुसार मुख्यमन्त्री सहित पाँच जना आज नै विनाविभागिय मन्त्रीमा नियुक्त हुनेछन् ।
उनले भने, ‘मुख्यमन्त्रीसहित गठबन्धनका दलका एक÷एक सांसद आज नै सपथ खाने तयारी भईरहेको छ । जसपाको तर्फबाट मैले, स्वतन्त्र सांसद माननिय राजिव गुरुङले मन्त्रीको सपथ लिने पक्का भएको छ भने काँग्रेस र माओवादीले ककस्लाई सरकारमा पठाउने भनेर अहिले छलफल गरिरहेका छन् ।’ राजमोले भने अहिले सरकारमा नजाने बताएको आचार्यको भनाई छ ।