२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए ।
२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५-६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।
२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।
प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयबाट पूरा गरेका उनी माध्यमिक शिक्षा पढ्न भारत पुगेका थिए । उनले माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका थिए । दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किएका थिए । पछि कानुनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका हुन् ।
२०२२ देखि २०२८ सालसम्म उनले पिता स्वयं. गोवर्द्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै उनले लामो समय काभ्रेको फलानटे, तनहुँको दमौली र तनहुँको थर्पुका हाइस्कुलमा राजनीतिशास्त्र, भूगोल, इतिहास पढाएका थिए ।
२०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली काँग्रेसलाई विजयी गराएको आरोपमा मन्त्रिपरिषद्को निर्णयले उनलाई जुम्ला सरुवा गर्ने निर्णय गरेको थियो । २०३६ सालमा पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेसा परित्याग गरेका थिए ।
२०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर ५ महिना जेलजीवन बिताएका थिए । त्यसअघि २०३७ सालको जनमतसंग्रहको क्रममा ८ महिना उनी कास्की कारागारमै बसेका थिए । २०३८ सालको निर्वाचनको क्रममा प्रहरीबाट यातनासँगै २ महिना जेल चलान भए ।
देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले आयोजना गरेको सत्याग्रहमा नेता पोखरेल नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका थिए । सत्याग्रहमा सरिक भएको आरोप उनी कपिलवस्तु कारागारमा १ वर्ष जेल चलान भएका थिए ।
नेता पोखरेल २०४६ सालको जनआन्दोलनमा ९ महिना पाल्पा जेल बसेका थिए । २०४८ को अधिवेशनपछि उनी लगातार ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति बनेका थिए।
२०४८ सालको आम निर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए । २०६२÷६३ सालको जनआन्दोलनमा उनले नवलपुरको नेतृत्व गरे । त्यो बेला पनि परासी कारागार चलान भए । काँग्रेसको १२ औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।
२०७० सालको प्रतिनिधिसभा चुनावमा ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट निर्वाचनमा होमिएका थिए । निर्वाचनमा एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेशसभा सदस्य बन्न सफल भएका थिए ।
प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी काँग्रेसका १५ सांसद छन् । एमाले माओवादी गठवन्धनको बहुमत आएसँगै कांग्रेस संख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बनेको थियो । उनी प्रमुख प्रतिपक्षी संसदीय दलको नेतामा चुनिएका थिए ।
नेता पोखरेल नेपाल बार एशोसिएसनका सदस्य समेत रहेका छन् । जनपक्षीय कानुनी सेवामा समर्पित उनको प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू जेलबाट छुटेका थिए ।