१९ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन्। आजको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरू सामु यस्तो बताएका हुन्।
उनले सबै मन्त्रीलाई ढुक्क भएर काम गर्न समेत मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मानसिक तनावमा रहेर काम नगर्न र कामकारबाहीलाई चुस्त दुरूस्त राख्न आग्रह गरेका छन्।
पछिल्ला केहि दिनदेखि मन्त्रीमण्डल पुनर्गठन हुने चर्चाले राजनीतिक बजार तातेको थियो। प्रधानमन्त्रीको यस्तो भनाईसंगै अब मन्त्रीमण्डल पुनर्गठन नहुने भएको छ।