क्षमापुजा नगर्दै रथ तानेकोले हिजोको घटना घटेको हो: मानिका शाक्य (रातो मत्स्येन्द्रनाथ पुजारी)

Top Post समाचार

१९ भाद्र, ललितपुर । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । क्षमापुजामा गुठी संस्थानका पुजारी लगाएत स्थानीयको सहभागिता थियो। कर्फ्युका बाबजुत पनि क्षमापुजा गरिएको र हिजोको घटना बाट भगवान संग क्षमा मागेको पुजारी मानिका शाक्य ले बताउनु भयो।

हिजो अर्थात् बिहिबार रथ तान्न आउने बाट घटना घटेको र सरोकारवाला संग पनि सल्लाह नगरी रथ तानेकोले घटना घटेको पुजारीले बताउनु भयो। पुजारीका अनुसार, क्षमापुजा गरेर रथ तान्ने कुरा थियो तर पुजा नगरी रथ तानियकोले यो घटना घटेको हो। समय मा रथ तान्न नसकेकोले हामीले भाद्र १९ गते क्षमापुजा गर्ने योजना नै थियो र रथ तान्ने योजना थियो। क्षमापूजा गरिएन भने हरेको ठाउमा यस्तो घटना हुन्छ नै।

बिहिबार नै गुठि को १ बजे बैठक थियो तर १ बजे अगाबै रथ तानिएको छ। त्यो रथ तानिएकोमा हामी सरोकार वालाहरु लाइ पत्तो नभएको मानिका शाक्य ले बताउनु भयो। अब २१ गते देखि रथ नजिकै चोक सम्म तान्ने र ललितपुरको स्थानीय ले मिलेर पुजाआजा गर्छौं। भाद्र २२ गते ज्योतिषले मंगलबार साइत हेर्नुहुन्छ र साइत जुरेपछी थप कदम चाल्ने पनि बताउनु भयो। अब रथ तान्ने बेलामा सबै सरोकारवाला मिलेर रथ तानिने बताउनु भयो। अब चाहिं कोहिकसैले पनि आफ्नो तरिकाले रथ तान्न नसक्ने पुजारी शाक्यले बताउनु भयो।