९ असोज, गोरखा । गोरखा जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ (क) नेपाली काग्रेस गण्डकी गाँऊपालिकाको आज मिति २०७८ असोज ९ गते हुन गई रहेको गाँऊ अधिवेशनमा सभापती पदका प्रत्यासी नेका गोरखाका युवा नेता दिनेश पन्तले आफु सभापती पदमा निर्वाचित भए पश्चात गर्ने कामहरुको घोषणा गर्नु भएको छ।
सभापती पदका प्रत्यासी पन्तले सामाजिक संजालबाट आफ्ना सम्पु्र्ण वडाका
नव-निर्वाचित वडा सभापती, क्षेत्रिय प्रतिनिधिहरु लाई सम्बोधन गर्दै आफु लाई निर्वाचित गरेमा आफुले सार्वजनिक गरेका एजेण्डाहरु पुरा गर्ने प्रतिबद्धता सहित सामाजिक संजालबाट आज नै घोषणा गर्नु भएको हो।
नेपाली काग्रेसमा पार्टीमा विगत देखि “एक व्यक्ती एक पदिय जिम्मेवारी” को विषयले चर्चा पाऊदै आएपनि कार्यान्वय नभएको भन्दै पन्तले आफ्नै गाँऊपालिका अधिवेशनबाट पार्टीमा चर्चा हुदै आएको विषयलाई स्थापित गर्न समेत आफ्नो ऊमेदवारी रहेको धारणा व्यक्त गर्नु भएको छ।
सभापती पदका ऊमेदवार पन्तले आफ्नो प्रयास सहमती,सहकार्य सहितको नेतृत्व पहिलो प्राथमिकता भएको तर सहमती,सहकार्यको बाधक कोहि हुन खोजे लोकतान्त्रिक अभ्यासबाट नै आफु सभापती पदमा निर्वाचित हुने समेत जिकिर गर्नु भएको छ। गण्डकी गाँऊपालिकाको सन्दर्भमा अर्का सभापती पदका आकाक्षी गण्डकी गाँऊपालिका अध्यक्ष होम बहादुर राना मगर
जनप्रतिनिधिको रुपमा समेत काम गरि रहनु भएकोले अधिकाश नेका गण्डकी गाँऊपालिका का अग्रज,शुभचिन्तक, वडा सभापती र क्षेत्रिय प्रतिनिधिहरुले मगर पन्त लाई सर्वसम्मत नेतृत्व दिनु पर्ने र आफु जनताको काममा सफलता हासिल गर्न लाग्नु पर्ने धारणाहरु समेत सार्वजनिक हुदै आएको छ।
सभापती पदका बलिया प्रत्यासी पन्तले निम्न लिखित एजेण्डाहरु सार्वजनिक गर्नु भएको छ।
– पार्टीको निर्देशन परिपालन गर्दै गाँऊ कार्यसमिति लाई सामुहिक निर्णयको आधारमा संचालन गर्नेछु।
– पार्टीका सम्पुर्ण साथीहरुलाई एकताबद्ध बनाई पार्टीमा आत्मियता,भाईचारा र हार्दिकताको वातावरण सृजना गर्नेछु।
– आगामी आम निर्वाचनमा कुनै पनि तहमा ऊमेद्धवारी रहनेछैन।
– हरेक तहको निर्वाचनमा पार्टिले तोकेको ऊम्मेदवारलाई विजयी बनाऊन सिन्गो पार्टी र साथीहरु परिचालित हुने वातावरण बनाऊनेछु।
– भातृसंस्था,शुभेच्छुक र सहयोगी संस्थाको संगठन विस्तार र सु-सन्चालनलाई प्राथमिकता दिनेछु तथा युवाहरुलाई पार्टी प्रति आकर्षित गर्न समयको माग अनुरुप विभिन्न कार्यक्रमहरु गर्नेछु।
– गाँऊ भित्र रहेका हरेक प्रकारका संघ,संस्थाहरुमा रुचि अनुरुप साथीहरुलाई स्थापित गरि हरेक क्षेत्रमा पार्टिको पकड र भुमिका विस्तार गर्नेछु।
– निर्वाचित जनप्रतिनिधिहरुलाई सहयोग,सल्लाह र समर्थन गरि जनसमुदायमा पार्टीलाई प्रिय बनाऊन सधै प्रयत्नरत हुनेछु।
– दुख,कष्ट र अप्ठेरोमा परेका साथिहरुलाई सहयोग गर्न हरबखत तयार रहनेछु।
– पार्टिका साथिहरुलाई ऊधमि र आत्मनिर्भर बनाऊन आवश्यक पर्ने सुचना,सहयोग र समन्वय गर्नेछु।
– युवा पुस्तालाई पार्टि प्रति आकर्षित गर्न युवाहरुको रुचि अनुरुप विभिन्न कार्यक्रम संचालन गर्नेछु।
– गाँऊ कार्यसमितिको कार्यालय जग्गा र भवन निर्माण गर्नेछु।
– अग्रजहरुको निर्देशन तथा साथीहरुको सुझावलाई मार्गदर्शन बनाऊनेछु।
– पार्टिका विषय विज्ञहरुको समुह बनाई समग्र गाँऊपालिकाको विकासमा पार्टिको धारणा बनाई कार्यान्वयन गर्न पहल गर्नेछु।
– प्रत्येक वडाका क्रियाशिल साथिहरुको अभिलेख तयार गरी क्षमता अनुसारको अवसरहरु प्रदान गर्दै जानेछु।
– राष्ट्रिय गौरवको रुपमा हेरिएको बुढिगण्डकी जलविधुत आयोजना बाट प्रभावित क्षेत्र गण्डकी गाँऊपालिका समेत भएकोले बुढिगण्डकी जलविधुत आयोजना संग सम्बन्धित पक्षहरु संग पार्टिको आधिकारिक धारणा जनताका समस्या सार्वजनिक गर्दै डुबान प्रभावित क्षेत्रका बासिन्दाहरुका ऊचित मागहरु संम्बोधन गर्न आयोजना र राज्य लाई पार्टिका विभिन्न तहहरु संग समन्वय गर्दै काम गर्ने र गराऊनेछु।साथै भैपरी आऊने कार्यहरुमा पार्टिका साथीहरु लाई परिचालन गर्न र गराऊन विशेष भुमिका निर्वाह गर्नेछु।