गोरखा बुङकोटका गर्भवती, जेष्ठ नागरिक र अपांगता भएकालाई निुशल्क एम्बुलेन्स सेवा

समाचार स्वास्थ्य

३१ साउन, गोरखा । गोरखाको बुंकोटमा गर्भवती, जेष्ठ नागरिक र अपांगता भएकालाई निुशल्क एम्बुलेन्स सेवा पाउने भएका छन् ।

शहिद लखन गाउपालीका वडा नम्बर ७ र ८ का बुङकोटका गर्भवती, जेष्ठ नागरिक र अपांगता भएकाहरुले निुशल्क एम्बुलेन्स सेवा पाउने भएका हुन् ।

वडा कार्यलयको आर्थिक बर्ष २०७८–०७९ को बार्षिक योजना कार्यक्रम अनुसार गर्भवति महिला, अपाङगता भएका क र ख तथा वडामा बसोबास गर्ने ६५ बर्ष माथिका जेष्ठ नागरीकहरु बिरामी भएको खण्डमा उनीलाई निशुल्क एम्बुलेन्स सेवा दिन लागिएको वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

बुङकोट स्वास्थ्य चौकी वा बुंकोट आधारभूत स्वास्थ्य केन्द्रमा चेक जाँज गरी त्यहाँ उपचार हुन नसक्ने अवस्थामा स्वास्थ्य कर्मीहरुको सिफारीसमा उपचारको लागी गोरखा अस्पताल सम्म आउजाउ गर्नकालागी गर्भवति महिला, अपाङगता भएका क र ख तथा वडामा बसोबास गर्ने ६५ बर्ष माथिका जेष्ठ नागरीक बिरामीलाई वडाकै खर्चमा निशुल्क एम्बुलेन्स सेवा उपब्ध गराउन लागिएको हो ।

यो सेवा पहिलो चरणमा दुवै वडामा २०७८–४–१ देखि लागु भएर २०७९–३ मसान्त सम्मको लागी भएको समेत वडा कार्यालयले जनाएको छ ।