१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।
सरकारमा जाने मन्त्रीहरू टुंगो लगाउन आज अपरान्ह ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो।
तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले आज बैठक नबस्ने भएको छ।
माओवादी स्थायी कमिटी सदस्य गणेश शाहले आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको बताए।