१६ जेठ, काठमाडौं । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले उपत्यकामा जेठ २० गते पछि निषेधाज्ञामा केही खुकुलो वनाउने भन्ने समाचारहरू निराधार भएको वताएका छन् ।
उपत्यकामा लगाईएको निषेधाज्ञा जेठ २० गते पछि केही खुकुलो हुने जस्ता समाचार आईरहेको वेला पालिका टाईम्स संग कुरा गर्दै भट्टले भने, अहिले तत्कालै निषेधाज्ञा थप्ने वा खुकुलो गर्ने निर्णय केही भएको छैन। जेठ १८ गते उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र डिसिसिएसिको वैठक वस्दै छ। त्यो वैठकले थप निर्णय केही गर्ला, उनले भने।
उपत्यकामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ भने पछिल्लो हप्ता निषेधाज्ञामा थप कडाई गरिएको छ।