७ जेठ, काठमाडौं । राष्ट्रपति कार्यालयले मध्यराति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
मन्त्रिपरिषद् बैठक रातको १२ बजेसम्म बसेको छैन । तर बैठक बोलाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्न नसकिने जानकारी विज्ञप्ति मार्फत् दिएको थियो ।