५ जेठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पाँच जना मन्त्री नियुक्त गरेका छन्।
मुख्यमन्त्री गुरूङले बुधबार दीपक मनाङेसमेत ५ जना मन्त्री नियुक्त गरेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्री रहेका रामशरण बस्नेत, सामाजिक विकास मन्त्री रहेकी नरदेवी पुन, पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री रहेका विकास लम्साल बिनाविभागीय मन्त्रीका रूपमा प्रदेश प्रमुख सीता पौडेलबाट सपथ लिएका छन्।
युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङे भने शपथ ग्रहण समारोहमा अनुपस्थित थिए । मनाङे काठमाडौंमा रहेका कारण सपथ लिन आउन नभ्याएको जानकारी गराएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।