चिकित्सकको टोली लिएर गृह जिल्ला गोरखा पुगे नेता श्रेष्ठ

समाचार

३ जेठ, काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ सामग्रीसहित चिकित्सकको टोली लिएर गृह जिल्ला गोरखा पुगेका छन्। उनि सोमवार चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवकसहित गोरखा पुगेका हुन्।

गोरखाको बिभिन्न ठाँउहरुमा कोभिड संक्रमण बिस्तार भैरहेको र कोभिड हटस्पट बन्दै गैरहेको भन्दै आफुले अभियान थालेको उनले बताएका छन् ।

उक्त टोलीले केही लक्षण देखापरी शँकास्पद रहेका कोभिड बिरामीसँग सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट, बिरामीहरुको परीक्षण,आवश्यक परामर्श एवम् तत्काल संभव औषधी, स्वास्थ्य सस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानिय सराकारका जनप्रतिनिधि एवम् स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रित छलफलको काम गर्नेछ ।

नेता श्रेष्ठले केहीदिन अघि गोरखा पुकेर डिसिसिएमसिको बैठक, पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसंगको सामुहिक छलफल गरेका थिए । उनले त्यस अबसरमा गोरखा अस्पतालको स्थितिबारे जानाकारी लिदै गोरखामा कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारकाबारेमा तात्कालिक योजना निर्माणमा सहभागी भएर त्यहाको अवस्थाको जानकारी समेत लिएका थिए ।

त्यस लगत्तै नेता श्रेष्ठले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग समेतको सहयोगमा गोरखा अस्पताल र जिल्ला जनस्वास्थ्य कर्यालयलाई केही स्वास्थ्य सामाग्री उपलभ्ध गराउन सहयोग गरेका थिए।