प्रधानमन्त्री र रअ प्रमुख बीच भएको चार बुँदे सहमतिको कागजात फेक: प्रधानमन्त्री सचिवालय

Top Post राजनीति समाचार

३ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुख सामन्त गोयबीच भएको भनिएको चार बुँदे सहमतिको कागजात ‘फेक’ भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ।

अंग्रेजी भाषामा रहेको उक्त कागजातमा अनअफिसियल ट्रान्सलेसन लेखिएको छ। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले उक्त सम्झौता सम्बन्धि कागजात झुटो भएको बताएका छन्। उनले भने त्यो कागज फेक हो, राष्ट्र विरोधी, देश विरोधी मनसायले गरेको प्रचार हो । अन्तराष्ट्रिय जगतसँग विदेशी मामिला जस्तो संवेदनशील मामिलामा जोड्ने कुरा निन्दनीय देश विरोधी, देशद्रोही र घातक विषय हो। भन्दै उनले यस्ता विषयलाई ठाउँ नदिन मिडियालाई आग्रह समेत गरेका छन् ।