झांक्रिलाई छाडेको भन्दै एसएसपी थापाको सरूवा

Headlines समाचार

३ फागुन, काठमाडौं । माथिको निर्देशनमा उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापालाई १० महिनामै हटाइएको छ । आज दिउँसो बैठकको निम्ति प्रहरी मुख्यालय नक्साल पुगेका थापालाई उतै उतै काज सरुवाको पत्र थमाईएको हो । सामान्यतयाः प्रहरी प्रशासनमा एक्लो सरुवालाई कारबाहीको रूपमा लिने गरिन्छ ।

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई गत बिहीबार पक्राउपछि एक रात पनि नथुनी छाडेको आरोपमा थापाको सरुवा गरिएको हुनसक्ने अड्कल लगाइएको छ ।

सँधै अपराधी र आरोपितलाई पक्रेर केरकार गर्दै आएका थापालाई प्रधान कार्यालयको भर्ना छनौट महाशाखा पुर्याइएको छ । अब उनले जघन्य प्रकृतिका अपराधी समात्ने हैन कि प्रहरीमा भर्ना हुन चाहनेको उचाइ र छाती नापेर दिन बिताउनुपर्ने छ ।

प्रहरीको उच्च स्रोतले भनेको छ ‘संगठनले विवादरहित काम गरिरहेका थापालाई जसरी पनि सरुवा गर्नु भन्ने आदेश पालना मात्र गरेको हो ।’ जनआस्था वाट।