कामचलाउ प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

Top Post समाचार

२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओलीले साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाएका हुन् । विविध विषयमा छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो ।