नेकपाका दुवै समूहसँग निर्वाचन आयोगले छलफल गर्दै

Headlines समाचार

१६ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहसँग निर्वाचन आयोगले आज छलफल गर्दैछ । त्यसका लागि आयोगले आज नेकपाका दुवै समूहलाई छलफलका लागि बोलाएको छ । केपी ओली र पुष्पकमल दाहाल र माधब नेपाल नेतृत्वको दुबै नेकपाले आफुलाई आधिकारिक दाबी गरेपछि आयोगले छलफल गर्न बोलाएको हो ।

आयोगले आज साढे ११ बजे दुबै समूहका प्रतिनिधिलाई छलफलका लागि डाकेको हो । आयोगले छलफलमा अध्यक्ष अथवा अध्यक्षले तोकेका आधिकारिक पाँच–पाँच जनालाई आयोगले बोलाएको छ । आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।